सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन आग्रह

२०७५ कार्तिक १८, ०२:३० खबर संवाददाता

सुर्खेत कारागारका कैन्दीबन्दीले नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन आग्रह गरेका छन। विभिन्न मुद्दामा सजाय भुक्तानका लागि उक्त कारागारमा रहेका कैदीबन्दीसँग आज भेटघाट गर्नुभएका कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीसँग उनीहरुले सो आग्रह गरेका हुन। “कानून र अपराधसँग सम्बन्धित आधारभूत विषयहरू विद्यालयको पाठ्यक्रममा राख्न अनिवार्य छ”, लागुऔषध दुव्र्यसनीको मुद्दा खेपिरहेकी कैदीबन्दी तुलसी दमाईंले भनिन्। समाजमा कस्ता खालका गतिविधि आपराधिक मानिन्छन र कानून के हो भन्ने विद्यालयस्तरबाटै राम्रोसँग सिकाउनुपर्ने उनको सुझाव थियो। कानून, अपराध र कारवाहीका बारेमा समाजका निरक्षर नागरिकले थाहा नपाएकै कारण आफूहरू फस्नुपरेको उनको दुखेसो थियो। 
रासस
   
 

कमेन्ट लोड गर्नुस