गौरीगंगामा युवा क्लबले सुरु गर्यो सरसफाइ अभियान

२०७८ असार २६, ०७:१९
धनगढी: गौरीगंगामा समृद्धि युवा क्लबले सरसफाइ अभियान सुरु गरेको छ।
नगरपालिकाको वडा नम्बर ६ को मोया टोलबाट सरसफाइ अभियान सुरु गरेको हो।
अभियानको सुरुवातमा सडक, नाली र सडक छेउ रहेको झाडी हटाउने कार्य भएको क्लबका अध्यक्ष आशिष उपाध्यायले बताएका छन्।
आफ्नो टोल आफैले सफा राखे मात्र अभियान सफल हुने उनले बताए।


कमेन्ट लोड गर्नुस