सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुडरमा कार र मोटरसाइकल ठोक्कियो, धनगढीका २ जना घाइते

तस्वीर : शिव ओली
तस्वीर : शिव ओली
२०७८ असार २६, ०६:२६ खबर संवाददाता

डोटी: डोटीको बुडरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन्।

कञ्चनपुरदेखि डडेल्धुरातर्फ जाँदै गरेको बा१४च ७०६३ नम्बरको कार र जोरायल गाउँपालिका वडा नं. २ मा रहेको छहरा झरना अवलोकन गरी धनगढीतर्फ फर्किरहेको बा ७५प७१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो। 

घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१३ का किशाेर र मोटरसाइकलमा सवार एक किशाेरी घाइते भएको प्रहरीले जनाएको छ। 

घाइते दुवै जनाको घटनास्थल नजिकै रहेको हेल्थ डेस्कमा प्राथमिक उपचार गरिएको छ। कार र मोटरसाइकलमा क्षति भएको छ।

कमेन्ट लोड गर्नुस