सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवाहित महिलालाई बलात्कार गरेको आरोपमा नेपाली कांग्रेसका नेता पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ असार २६, ०५:३७ खबर संवाददाता

काठमाडौं: विवाहित महिलालाई बलात्कार गरेको आरोपमा रौतहटमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

अभियुक्त नेपाली कांग्रेसका स्थानीय नेता हुन्। उनीबिरुद्ध सोही स्थानकी एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि कुश्वाहालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।  

प्रहरीले कुश्वाहालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस