सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनिश्चतकालीन धर्ना र अनसन बस्ने निर्मलाका बुबाको चेतावनी

निर्मला हत्या प्रकरण

२०७५ कार्तिक १८, ०१:४५ जनक विष्ट

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मलाका बुबा यज्ञराज पन्तले छोरीको हत्यारा पत्ता नलागे अनिश्चीतकालीन धर्ना र अनसन बस्ने चेतावानी दिएका छन्। घटना भएको एक सय तीन दिन बितिसक्दा पनि दोषी पहिचान गर्न सरकार असफल भएको भन्दै न्यायका लागि अनिश्चीतकालीन धर्ना र अनसन सुरु गर्ने चेतावनी पन्तले दिएका हुन्।

आईतबार घरमै पत्रकार सम्मेलन गर्दै पन्तले आउदो कार्तिक २५ गते सम्म पनि छोरीको हत्यारा सार्वजनीक नभए परिवारका सबै सदस्य जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडी अनिश्चीतकालीन धर्ना बस्ने बताए। उनले धर्ना दिदा पनि दोषी पत्ता नलागेमा  आमरण अनसन बस्ने चेतावनी दिए।  आफू छोरीको न्यायका लागि प्राण त्याग्न समेत तयार रहेको पन्तको भनाई छ। निर्मला आफ्नो मात्र नभई राष्ट्रको छोरी भएको बातउदै उनले  सरकारसँग न्यायको लडाई जारी रहेको जनाए।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस