सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदिरा सेवन गरेका भाइले गरे आफ्नै दाजुको हत्या

२०७८ असार २६, ०१:३० खबर संवाददाता

विराटनगर: विराटनगरमा मदिरा सेवन गरेका भाइले आफ्नै दाजुको हत्या गरेका छन्।

मोरङको विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले ४२ वर्षीय दाजु भोला सिंहको घारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

शुक्रबार राति साढे १० बजे मादक पदार्थ सेवन गरी भाइले एक्कासी दाजुलाई घारिलो हतियारले प्रहार गरेका थिए।  गम्भीर घाइते भएका भोलाको उपचारको क्रममा विराट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भाइलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कमेन्ट लोड गर्नुस