सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा शिक्षक आन्दोलित

२०७८ असार २६, १२:४२ खबर संवाददाता

डोटी: डोटीमा शिक्षकहरु आन्दोलित बनेका छन्। नेपाल शिक्षक महासङ्घ डोटीले विभिन्न मागहरु राख्दै धर्नासहित आन्दोलनमा उत्रेका हुन्।

उनीहरुले शुक्रवार डोटीका शिक्षक, कर्मचारीका समस्यामालाइ समाधान गर्नुपर्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाइ डोटीलाइ ज्ञापनपत्र पनि बुझाएका छन्। कोभिडका कारण थलिएका शिक्षक तथा कर्मचारीका लागि कोरोना खोप उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ।

यस्तै शिक्षकको तलव बृद्धि हुनुपर्ने लगायतका मागसहित धर्ना बसेको नेपाल शिक्षक महासंघ डोटीका अध्यक्ष संकर कठायतले बताए। मागहरु सम्बोधन नभएसम्म शिक्षकहरुले आन्दोलनका कार्यक्रमलाइ निरन्तरता दिने उनीहरुको चेतावनी छ।

कमेन्ट लोड गर्नुस