सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको खप्तड मालिका यातायातको काउन्टरमा प्रहरीले लगायो ताला

२०७८ असार २६, १२:३२ खबर संवाददाता

धनगढी: प्रहरीले धनगढीमा रहेको खप्तड मालिका यातायात प्रालिको काउन्टरमा ताला लगाएको छ। विगतबाट नै विवादित रहेको उक्त यातायात प्रालिका कारण झडप हुने अवस्था आएपछि काउन्टरमा ताला लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

यातायात प्रालिका शेयर सदस्य अनन्तराज जोशी र दिलबहादुर खलौलाबीच बस टिकट काउन्टरका विषयमा विवाद भइरहेको हुदाँ धनगढी उप–महानगरपालिकाको सिफारिमा ताला लगाएको उनले बताए। 

यातायात प्रालिका पदाधिकारीहरुबीच मनमुटाव हुँदै गएपछि उक्त प्रालि विवादित बन्दै आएको छ। प्रालिका पदाधिकारीहरु दुई समुहमा विभाजित भएपछि विवाद झन बढेको हो। 

कमेन्ट लोड गर्नुस