सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार रावलले गरिन् जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग

२०७८ असार २६, ११:३८ खबर संवाददाता

डोटी: पत्रकार सुनिता रावलले आफ्नो जन्मदिनको अवसमा अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेकी छिन्।

नेपाल पत्रकार महासंघकी उपाध्यक्ष एवम् नेपाल प्रेस यूनियन केन्द्रीय प्रतिनिधि समेत रहेकी रावलले तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग गरेकी हुन्। नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा स्थापना गर्न लागेको अक्षय कोषका लागि रावलले १० हजार १ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बताइएको छ।

हालसम्म कोष स्थापनाका लागि तीन लाख रकम घोषणा भएको शाखाका सचिव पवन महराले बताए। प्रेस युनियनले स्वर्गीय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ। पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए।

बेपत्ता भएका खड्काको तीन वर्षपछि कंकाल भेटिएको थियो। लामो समय रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत उनी पछिल्लो समय बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए।                                      
 

कमेन्ट लोड गर्नुस