सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ असार २६, १०:४६ खबर संवाददाता

धनगढी: कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर १ को भित्री सडकमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ट्याक्टर चालक ३५ वर्षीय अनिष कठरियाको मृत्यु भएको हो।

से १ त ३४३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए। 

कमेन्ट लोड गर्नुस