सुदूर नेपाललाई विश्वसँग जोड्दै

११ वर्षपछि पक्राउ

२०७८ असार २५, ०६:१७ रासस

मकवानपुर: मकवानपुर जिल्ला अदालतबाट कैद र जरिवाना फैसला सुनाइएका एक जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चुरियामाईका ३९ वर्षीय सानुकान्छा लो छन्। अदालतले उनलाई विसं २०६७ मङ्सिर १३ मा वन पैदावार ओसारपसार मुद्दामा एक वर्ष कैद र ३४ हजार ४१९ जरिवानाको फैसला सुनाएको थियो।

यसपछि फरार रहेका लोलाई आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बाट आज पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयेश्वर रिमालले जानकारी दिए।

कमेन्ट लोड गर्नुस