चीनबाट आठ लाख डोज खोप काठमाडौँ आइपुग्यो

२०७८ असार २५, ०३:०९
काठमाडौँ: चीनबाट आठ लाख डोज कोभिड १९ खोप नेपाल आएको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप ल्याएको हो।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता गरिसकेको छ। त्यसमध्ये खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं आएको हो।
बाँकी खोप ल्याउन वाइडबडी जहाज फेरि चीन जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ।



कमेन्ट लोड गर्नुस