डडेल्धुरामा बोलन्या थलीको प्रदर्शन, ‘लाचार प्रशासन काउली गोड, पेट्रोल नदिने लाईसेन्स छोड’

डडेल्धुरा: बोलन्या थली डडेलधुरा युनिटले जिल्ला प्रशासन कार्यालय डडेलधुरा अगाडि बिरोध प्रदर्शन गरेको छ। डडेल्धुरा बजारमा पेट्रोलको कृत्रिम अभाव देखाई कालोबजारी गरिएको भन्दै बिरोध प्रदर्शन गरेको हो।
डडेलधुराका पम्पमा पेट्रोल उपलब्ध नमिल्ने तर बजारमा जति पनि मिल्ने अवस्था रहेको छ। बजारमा कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्न खाजेको भन्दै डडेलधुरा युनिटले टायर जलाएर बिरोध गरेको जनाएको छ।
पेट्रोल कालोबजारी नगर्न उनीहरुको माग छ। लाचार प्रशासन काउली गोड, पेट्रोल नदिने लाईसेन्स छोड भन्दै उनीहरुले प्रशासन कार्यालय अगाडि नाराबाजीसमेत गरेका छन्। पेट्रोल पम्पमा पेट्रोल नपाएपछि सरकारले तोकेभन्दा बढी रुपैयाँमा बजारबाट पेट्रोल हाल्नुपर्ने अवस्था सिर्जना भएको गुनासो उनीहरूको छ।

