सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ८ सय जना अशक्त नागरिकलाई आर्थिक सहयोग

२०७८ असार २५, १०:०६ खबर संवाददाता

धनगढी: बाजुरामा ८ सय जना अशक्त नागरिकलाई आर्थिक सहयोग गरिएको छ।

आर्थिक सहयोग बेलायत सरकार, संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम र एकीकृत विकास समाज (आई.डि.एस.) नेपाल द्वारा स्थानीय सरकारसँगको समन्वयमा आर्थिक सहयोग गरिएको हो। प्रति व्यक्ति २४ हजारका दरले  जिल्लाका ५ वटा स्थानीय तहका ८ सय जना अशक्त तथा असहाय नागरिकलाई १ करोड ९२ लाख नगद सहयोग गरिएको बताइएको छ।

कोभिड १९ जिविकोपार्जन तथा आर्थिक पुनर्उत्थान परियोजना नगद सहायत, कामका लागि नगद कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरिएको र रोजगारी नभएका २१ सय ६३ जनालाई ४० दिनको कामदिइएको जनाइएको छ। आई.डि.एस कार्यक्रमका प्रबन्धक तारा बाबु खातीका अनुसार कोरोना भाइरसको महामारीले गर्दा खाद्य संकटमा परेका एवम् कमजोर आर्थिक अवस्था भएकाहरुलाई नगद सहयोग गरिएको हो। 

कमेन्ट लोड गर्नुस