डडेल्धुरामा एक युवक मृत फेला

२०७८ असार २५, ०८:०९
धनगढी: डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताउँदै घटनास्थलमा टोली पठाइएको बताए।
शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ।


कमेन्ट लोड गर्नुस