पहिरोले घर पुरिँदा ४ वर्षीय बालकको मृत्यु,आमाबाबु अस्पतालमा

काठमाडौं: बिहीबार बिहान पाल्पामा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको तिनाउँ गाउँपालिका–५ गिट्टिखानीस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको घरमा माथिबाट आएको पहिरोले पुरेर एक बालकसहित २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय वीरबहादुर गुरुङ र स्थानीय रमेश परियार र पूजा परियारका ४ वर्षीय छोरा आरोप परियार रहेका छन्। मृतक बालकको दिउँसो शव फेला परेको पाल्पा प्रहरीले जानकारी दिएको छ। मृतक बालकका बाबुआमा दुबै घाईते भई पाल्पाको प्रभास अस्पतालमा उपचाररत रहेका छन् । पहिरोले पाँचवटा घर पुरेको छ।
पहिरोमा परेर अन्दाजी ५० वर्षीया सुन्दरी गुरुङको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाँतीले बताए। उनका अनुसार अन्य ५ जनाको प्रभास अस्पतालमा उपचार भइरहेको छ।

