सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीतिज्ञप्रतिको बितृष्णा हटाउन ‘नीति निर्माता’ सार्वजनिक

२०७५ कार्तिक १७, ०३:०५ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यहरुको जीवनीमा आधारित पुस्तक “नीति निर्माता“ शनिवार धनगढीमा सार्वजनिक गरिएको छ। ५३ जना प्रदेश सभा सदस्यहरुको जीवनी समेटिएको पुस्तक ‘नीति निर्माता’ शनिवार सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, उप सभामुख निर्मला जोशी बडाल लगायतको उपस्थीतीमा ‘नीति निर्माता’ विमोचन गरिएको हो। 

खबरपात मिडिया पब्लिकेशन कैलालीले प्रकाशन गरेको उक्त पुस्तकको सम्पादन जनक रसिकले गरेका छन्। पुस्तककको मुख्य बितरकका रुपमा रहेको समर्पण पुस्तक पसल धनगढीले विमोचन कार्यक्रमको संयोजन पनि गरेको थियो। अहिले राजनीतिज्ञप्रति बितृष्णा बढ्दै गएको अवस्थामा नीति निर्माताको संघर्ष आम सर्बसाधारण माझ ल्याएर नकारात्मक सोचको अन्तय गर्ने उद्येश्यका साथ नीति निर्माता बजारमा ल्याएको सम्पादक रसिकले बताए।

कार्यक्रममा कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन्एन जोशीले स्वागत मन्तव्य राखेका थिए भने डाक्टर तारा जोशी र गणेशराज जोशीले पुस्तकमाथि समिक्षा गरेका थिए। पुस्तकका सम्पादक जनक रसिकको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन उप–सम्पादक डिल्लीराज ओझा समर्पणले गरेका थिए। 

कमेन्ट लोड गर्नुस