सुदूर नेपाललाई विश्वसँग जोड्दै

अलैँची किसानको दुःखेसो

। फोटो स्रोत ।
२०७५ कार्तिक १७, ०२:५८ खबर संवाददाता

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो। १० वर्ष कतारमा पसिना बगाउनुभएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्कनुभएको थियो। ‘‘गाउँका साथीले अलैँची लगाएको देखेर विदेशवाट छुट्टीमा आउँदा मैले पनि अलैँची लगाएर फेरि विदेश नै फर्किए। यता गाउँका साथीले अलैँचीबाट राम्रो आम्दानी गरेको भन्ने सुनेर विदेश छोडेर गाउँमा अलैँची खेती विस्तार गरेँ। विदेशवाट फिर्किएपछि सबै जग्गामा अलँैची लगाएँ। 
विदेशमा जसोतसो वार्षिक तीन÷चार लाख रुपैयाँ कमाउन सकिन्थ्यो, तर घरमा नै बसेर अलँैचीबाट मात्रै वार्षिक १० लाख भन्दा बढी आम्दानी हुन्थ्यो। शुरुवाती चरणमा त विदेशको भन्दा अलैँचीबाट तीन गुणा बढी आम्दानी पनि भएको थियो। तामाङले भने “पहिला त्यति धेरै उत्पादन गरेको अलैँचीबाट अहिले मुस्किलले वार्षिक रुपमा एक लाख रुपैँया पनि हात पर्न मुस्किल भएको छ। विदेश छोडी गाउँमा नै केही गर्ने भन्दै बसिया । 
अलैँचीको भाउ घट्यो, अलैँचीमा पनि अनेक रोग लागेको छ। पहिला प्रतिकिलो अलैँची बिक्री गर्दा दुई हजार रुपैयाँदेखि दुई हजार २०० पाउने गरेकामा अहिले रु पाँच÷छ सयमा बिक्री गर्नुपर्छ ।” कमाउने उमेर हुदाँ विदेश छोडेर गाउँमै बसियो अहिले अलैँचीबाट कम आम्दानी भएपछि विदेश जान पनि नसकिने र यहीँ पनि बसेर कमाइ नहुने अप्ठ्यारो अवस्थामा परेको उहाँ बताउनुहुन्छ।
रासस
 

कमेन्ट लोड गर्नुस