अनियमितताको आरोपमा नेपाली सेनाका कर्णेल चापागाइँ पक्राउ

२०७८ असार २४, १२:२२
काठमाडौँ: अनियमितता गरेको आरोपामा नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाइँ पक्राउ परेका छन्। उनलाई सैनिक प्रहरीले नियन्त्रण गरी हाल जङ्गी अड्डाको सैनिक प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ।
उनीविरुद्ध शान्ति मिसनका लागि लेबनानमा रहेका बेला अनियमितता गरेको आरोप लागेको छ। उनले अनुशासन र आचरण विपरितको कसुर गरेको आरोप समेत लागेको थियो।
उनी त्यो बेला सिंह दल गणबाट लेबनान मिसनमा रहेका थिए । अहिले उनीमाथि सैनिक प्रहरीले छानविन गरिरहेको छ।


कमेन्ट लोड गर्नुस