सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु

२०७८ असार २४, १२:०२ खबर संवाददाता

दाङ: दाङमा वर्षाका कारण घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका -१७ क्वाडीमा बिहान ३ बजे घर भत्किँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको मृत्यु भएको प्रहरीले बताएको छ।

अविरल वर्षाका कारण घरको भित्ता भत्किएको र बिन्दुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

कमेन्ट लोड गर्नुस