सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७८ असार २४, ०८:३७ रासस

भरतपुर: नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। 

गएराति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उनले बताए। 

बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो। सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन। सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ। पहिराले सयौँ सवारी साधन रोकिएका छन्। 

तनहुँमा पृथ्व राजमार्ग अवरुद्ध 

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण आएको बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। पानीको बहाव घटाउन प्रहरी र स्थानीयवासी खटिइरहेको उनले बताए।  

कमेन्ट लोड गर्नुस