सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७८ असार २४, ०७:३४ खबर संवाददाता

धनगढी: भीमदत्त राजमार्ग अन्तरगतको डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

राजमार्गमा माथिबाट पहिरो खसेको र सुचारु गर्न बिहानैदेखि डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

पहिरो हटाउने काम भइरहेको र अबको एक दुई घण्टाभित्रै राजमार्ग सञ्चालनमा आउने प्रहरीले जनाएकाे छ।


 

कमेन्ट लोड गर्नुस