सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बागेश्वरी अटोमोटिभ्सद्वारा टीभीएस एनटर्क १२५ को सुपरस्क्वाड स्कुटर बिक्री सुुरु

२०७८ असार २३, ०५:३१ खबर संवाददाता

धनगढी: धनगढीस्थित बागेश्वरी अटोमोटिभ्सले टीभीएस एनटर्क १२५ को नयाँ मोडल सुपरस्क्वाड स्कुटरको बिक्री सुरु गरेको छ। केही समयअघि नेपालमा सार्वजनिक भएको सो स्कुटर बुधबारदेखि धनगढीमा पनि बिक्री सुुरु भएको हो।

 मार्भल्स अभेन्जर्सबाट प्रेरित टीभीएस एनटर्क १२५ सुपरस्क्वाड नेपालमा सबैभन्दा बढी रुचाइएको बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक प्रेम साउँदले बताए। टीभीएस एनटर्क १२५ एक विशेष सुपरस्क्वाड संस्करणको स्कुटर हो। जुन आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हो।

सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लुमा उपलब्ध छन्। यो संस्करणले उत्पादनको डिजाइनमार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँछ।

बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक साउँदले यो स्कुटर आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिङ प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीका कारण आकर्षण गरिरहेको बताए।

उनले मार्भल युनिभर्सप्रति एक मजबुत आकर्षण भएका नयाँ जेनेरेसनका ग्राहकहरुका लागि उनीहरुको खुसीलाई अझै बढाउने सुपर स्क्वाड संस्करण ल्याएको बताए। सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको ‘ए’ स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड र स्पिडोमिटर मुनि राखिएको छ।

ब्ल्याक प्यान्थरबाट प्रेरित, यो संस्करण पर्पलको विविध रबको साथ जेट ब्ल्याक रंगमा आउँछ। डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सुटका तत्वहरू छन्। टीभीएसको यो स्कुटरको मूल्य पहिले नै घोषणा गरिएको छ। यसको मूल्य २ लाख ६६ हजार ९ सय रुपैँया छ।

कमेन्ट लोड गर्नुस