सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रशासनले सच्यायो त्रृटि भइ जारी भएको नागरिकता

२०७८ असार २३, ०५:२१ खबर संवाददाता

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले त्रुटिवश एक महिलाको नागरिकतामा अर्कैको फोटो टाँसेर जारी गरेको नागरिकता प्रतिलिपी सच्याएको छ। 

जिल्लाको अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकता अजयमेरु गाउँपालिका–१ समैजीका राजबहादुर भण्डारीको तस्बिर टाँसेर भुलवस जारी भएकाले दुवैलाई जनालाई बोलाएर उनीहरुको नागरिकता सच्याइएको हो। 

उक्त त्रुटिवश बुधबार जारी भएका दुवै नागरिकता बुधबार नै सच्याइएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस