सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले थाल्यो प्रदेश प्रहरी गठन प्रक्रिया

२०७८ असार २३, ०५:११ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया थालेको छ। प्रदेश सरकार गठन भएको करिब ४० महिना बितेपछि सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया थालेको हो।

बुधबार प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरेकी छन्। प्रदेश सभा नियमावली २०७४ को नियम १०६ को उपनियम २ बमोजिम उनले प्रदेश सभामा प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल भएसँगै अब प्रदेशमा प्रदेश प्रहरी गठन सम्बन्धी प्रक्रिया अघि बढ्ने बताइएको छ।

नेपालको संविधान २०७२ को अनुसूची ६ ले व्यवस्था गरेअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्ने काम सुरु गरेको हो। यस अघि संघीय प्रहरी ऐन जारी नहुँदा प्रदेश प्रहरी गठन प्रक्रियामा ढिलाइ भएको मन्त्री जोशीले बताइन्।
 

कमेन्ट लोड गर्नुस