सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तीन दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्, खोजी कार्यमा कुकुरको प्रयोग

२०७८ असार २३, ०३:५६ खबर संवाददाता

धनगढी : कैलालीमा बेपत्ता भएका टीकापुर नगरपालिका १ ब्लक नं. ८ का पाँच वर्षीय बालक अझै भेटिएका छैनन्। सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका पाँच वर्षीय छोरा विवेक विष्ट बेपत्ता भएका थिए।

बालक हराएपछि खोजीका लागि भन्दै सोमबार रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारी टीकापुरमा खटिएका छन्। मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीको टोलीले अनुसन्धान गरेको थियो। गृहनगर टीकापुर नै भएका एपसी अधिकारी मंगलबार साँझ भने धनगढी फर्किएका छन्।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले नाबालकको अवस्थाबारे अहिलेसम्म केही पत्ता नलागेको बताए। उनले भने, ‘एसपी साप पनि घटनाको अनुसन्धानका लागि आउनु भएको थियो। अहिले हाम्रो टोली निरन्तर रुपमा बालको खोजीमा छ।’
 

कमेन्ट लोड गर्नुस