सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभापति देउवाद्वारा कुँवरको निधनप्रति दुःख व्यक्त

२०७८ असार २३, ०५:१४ रासस

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

उनको काठमाडौंँ, त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो। पूर्वप्रधानमन्त्री देउवाले मंगलबार शोेक विज्ञप्तिमार्फत नेपाल टे«ड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरको निधनको खबरले आफूलाई अत्यन्तै दुःखित तुल्याएको जनाउँदै उनीप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा दल र आफ्नातर्फबाट समवेदना व्यक्त गरेका हुन्।

कुँवर स्थानीय तह निर्वाचन २०७४ सालमा पार्टीका तर्फबाट पोखरा महानगरपालिकाका प्रमुखका उम्मेदवारसमेत थिए। कुँवरले कांग्रेसको संगठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको श्रमिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट पार्टी र नेपालको ट्रेड युनियन आन्दोलनमा अपूरणीय क्षति पुगेको पार्टी कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस