कैलालीमा लागु औषधसहित २ जना पक्राउ

२०७८ असार २२, ०८:२५
धनगढीः कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षिय प्रदिप भण्डारी र कञ्चरपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० बस्ने २० वर्षिय सुरेश ऐर रहेका छन्।
उनीहरुको साथबाट ४ ग्राम गाँजा र ४१० मिलिग्राम लागु औषध जस्तो देखिने रातो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


कमेन्ट लोड गर्नुस