सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

२०७८ असार २२, ०६:५८ रासस

सप्तरी: सप्तरीको कञ्चनरूपमा आज भएको सडक दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गस्थित सडकखण्डअन्तर्गत कञ्चनरुप नगरपालिका–११ बेङ्गरी चोकमा भएको दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया कौशिल्या चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१क २८० नम्बरको टिपरले साइलकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालयय कञ्चनरूप सप्तरीका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्लिसिनाले बताए।

शव परीक्षणका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ। टिपर र चालक इलाका प्रहरी कार्यालयको नियत्रणमा रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस