धनगढी उप–महानगरपालिकामा अनिवार्य मास्क अभियान सुरु

धनगढी: धनगढी उप–महानगरपालिकाले मास्क लगाउने अभियान सुरु गरेको छ।
कोरोनाको संक्रमण फैलिने क्रम नरोकिएकाले धनगढी उप–महानगरपालिकाले ‘कोभिड विरुद्धको हाम्रो अभियान, अनिवार्य मास्कको प्रयोग नै जिवनको वरदान’ भन्ने नाराका साथ अनिवार्य मास्क अभियान नै सुरु गरेको हो।
नगरप्रमुख नृपबहादुर वडले मंगलबारबाट अभियान सुरु भएको घोषणा गरेका थिए।

उक्त अभियानमा प्रहरी, प्रशासन, नेपाल रेडक्रस सोसाईटी र सामाजिक संघ संस्थाको साथ रहेको छ।