सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ५ वर्षका बालक बेपत्ता

२०७८ असार २२, ०२:४६ खबर संवाददाता

धनगढी: कैलालीमा ५ वर्षका बालक बेपत्ता भएका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ स्थित मनुवारोड बस्ने दिलिप बिष्टका ५ वर्षीय छोरा गोलु भनिने विवेक बिष्ट बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार आफ्नै दिदीसंग जामुन खान भनि घरबाट निस्केका उनी मनुवास्थित खाद्य गोदाम नजिकै तर्फ गएका थिए। सोही ठाउँबाट उनी हराएका हुन्। 

कमेन्ट लोड गर्नुस