सुदूर नेपाललाई विश्वसँग जोड्दै

हृदयाघातका कारण वडाध्यक्षको निधन

२०७८ असार २२, ०१:१७ रासस

मनाङ: नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ। 

पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो। नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहेका उनको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ।आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उनी काठमाडौँ गएर आइतबार मात्रै बेँसीसहर फर्किएका थिए।

गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीसहरको होटेलमा बसेका उनी हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो। उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पु¥याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उनको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताए।

कमेन्ट लोड गर्नुस