सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा पार्किङ गरी राखेको जेसिबीमा आगजनी

२०७८ असार २२, १०:५४ खबर संवाददाता

धनगढी : डोटीमा पार्किङ गरी राखेको जेसिबीमा आगजनी भएको छ। जिल्लाको बडीकेदार गाँउपालिका वडा नम्बर एक रिसेडीस्थित देउली रिसेडी सडक खण्डमा काम गर्ने जेसिबीमा आगजनी भएको हो। 

सोमवार राति एक बजेको समयमा मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको जेसिबीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

जेसिबी चालक भरतबहादुर बमले खबर गरेपछि इलाका प्रहरी कार्यालय विपिनगरबाट घटनास्थलमा प्रहरी टोली खटिएको थियो। जेसिबी जलेर पूर्ण रुपमा नष्ट भएको तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस