सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि

२०७८ असार २१, ०६:२८ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने तयारी गरेको छ। वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो।

परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पत्र पठाएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए। उनले साउनको तेस्रो सातापछि परीक्षा सञ्चालन गर्ने प्रस्ताव गरेको बताए। परीक्षाको मोडलबारे मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने जनाइएको छ। 

वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण ४ महिना पछाडि सरेको हो।

कमेन्ट लोड गर्नुस