सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक २६ र मंसिर ३ मा हुने मध्यावधि निर्वाचन तालिका सार्वजनिक

२०७८ असार २१, ०३:११ खबर संवाददाता

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। अगामी कात्तिक २६ र मंसिर ३ गते तय गरिएको मध्यावधि निर्वाचनका लागि आयोगलेकार्यतालिका सार्वजनिक गरेको हो।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार यही असार ३१ मै दल दर्ताको सूचना जारी हुनेछ। आगामी भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्ययोजना बनाएको छ।

यस्तै आयोगले कात्तिक २६ मा हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति असोज २० गते देखि २१ गतेसम्म तोकिएको छ। असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर त्यही चुनाव चिन्ह दिइने आयोगले जनाएको छ ।

मंसिर ३ मा हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति असोज ३१ देखि कात्तिक १ गतेसम्मलाई तोकिएको छ। आयोगका अनुसार कात्तिक १ गते उम्मेदवारी मनोनयन पत्र दर्ता भएको सूची निकालिनेछ। कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर त्यही दिन उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिनेछ।

कमेन्ट लोड गर्नुस