कोकाकोला इन्डियाकी उपाध्यक्षमा देवयानी राणा

२०७८ असार २१, ०२:४०
काठमाडौं : बहुराष्ट्रिय कम्पनी कोकाकोला भारतकी उपाध्यक्षमा देवयानी राणा नियुक्त भएकी छिन्।
कोकाकोलाले केही दिनअघि देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्ष नियुक्त गरेको हो।
देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी छोरी हुन्।


कमेन्ट लोड गर्नुस