सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा तस्करको जालो, रातारात वन फडानी

२०७८ असार २१, ०१:४९ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडीमा सामुदायिक अवैध रुपमा वन फडानी गरिएको छ। घोडाघोडी नगरपालिका ४ को एक सामुदायिक वनमा फडानी भएको हो। घोडाघोडी नगरपालिका ४ गैडाखेराको टेक्ना सामुदायिक वनमा रुखहरु काटेर छोडेको अवस्थामा फेला परेको स्थानीय दशरथ न्यौपानेले जानकारी दिए।

विगतका वर्षहरुमा पनि लगातार काठ अवैध चोरी तथा कटानी र काठ तस्करी गरिदै आएको बताउँदै उक्त सामुदायिक वनका पदाधिकारीहरुले समेत वेवास्ता गरेको उनले बताए। स्थानीयले शुक्रबार वनमा सालका रुखहरु काटेर छोडेको अवस्थामा भेटाएका थिए।

वनकै कर्मचारी तथा समितिका पदाधिकारीहरुको मिलोमतोमा काठ घोडाघोडीमा तस्करी मौलाएको न्यौपानेको भनाई छ। समितिको लापरवाहीका कारण वनमा तस्करहरु बढेको स्थानीयको आरोप छ।

यता, सव वन डिभिजन कार्यालय सुख्खडले भने अनुगमन भईरहेको जनाएको छ। यसबारे सामुदायिक वनका पदाधिकारीसँग बुझ्दा सम्पर्क हुन सकेन।

कमेन्ट लोड गर्नुस