भारतीय मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

जनकपुरधाम : भारतीय मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
सर्लाहीको बलरा नगरपालिका–७ डुमरिया चोकस्थित बरहथवा–मधुवनी सडक खण्डमा मधुवनीबाट बरहथवातर्फ जाँदै गरेको बीआर ३० एच ०४३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय कल्याण मण्डलका ८ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा पठाएकोमा चिकित्सकद्वारा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

