सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फिटनेस सेन्टर स्थापना

२०७८ असार २१, १०:५५ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिका र क्षेत्रिय शहरी विकास आयोजनाको सयुक्त लगानीमा ओपन फिटनेस सेन्टर स्थापना गरिएको छ।

झण्डै २० लाखको लगानीमा वडा नं ८ मा निशुल्क फिटनेस सेन्टर स्थापना भएको सहरी विकास तथा प्राविधिक शाहा प्रमुख द्धिजराज भट्टले बताए। धनगढी उपमहानगरपालिका र क्षेत्रिय शहरी विकास आयोजनाको ५०/५० प्रतिशत लगानी भएको उनले बताए। 

कोरोना महामारीको बेला सबै जना घरमै बस्नु पर्ने बाध्यताले तौल बढिरहेको साथै शारीरिक व्यायाम नपुगेर शरिर अस्वस्थ्य भइरहेकोलाई उपमहानगरपालिकाले फिटनेस सेन्टर स्थापना गरिएको हो। 

व्यायम केन्द्रलाई लैंगिक मैत्रि बनाउन उपलब्ध फिटनेस सामाग्रीमा महिलाहरुको छुट्टै नेमप्लेट टाँस्न वडा अध्यक्ष नरायण बराललाई उपमेयर सुशिला मिश्र भट्टले निर्देशन दिइन्।

कमेन्ट लोड गर्नुस