डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
धनगढी: डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ९ का बीरबहादुर कामी अवैध भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
गोप्य सूचनाको आधारमा कामीलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए। कामीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।
अदालतको अनुमति लिएर म्याद थप गर्ने प्रक्रिया अगाडी बढेको प्रहरीले जनाएको छ।