सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायणगढ–मुग्लिन खण्ड अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार २१, ०८:५२ खबर संवाददाता

चितवनः पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ।

सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो।

पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले बताए। पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताए।

प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन्।

 

 

 

कमेन्ट लोड गर्नुस