सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मोत्सवको अवसरमा अनेक प्रयास संस्था कैलालीका अध्यक्ष जोशीद्वारा सहयोग

२०७८ असार २१, ०६:०७ खबर संवाददाता

डोटी –मानवीय सेवामा अनेक प्रयास संस्था कैलालीका अध्यक्ष भक्तराज जोशीले तेजु स्मृती अक्षयकोष स्थापना लागि  आर्थिक सहयोग गरेका छन्। 

उनले आफ्नो ४८औँ जन्मदिनको अवसरमा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि १५ हजार १ सय ६० रुपैयाँ नेपाल प्रेस युनियनका उपाध्यक्ष चक्र कुवरलाई  हस्तान्तरण गरेका हुन्।

नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको नेपाल प्रेस युनियन डोटी शाखाले जनाएको छ। 

यस्तै उनले दिपायल शिलगढी नगरपालिका वडा नम्बर ८ लडागडाका २१ जना विपन्न परिवारलाई खाद्यान्न समेत सहयोग गरेका छन्। उनले प्रतिब्यक्ति २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट सोयाविन र १ किलो आयोडिन नुन वितरण गरेका हुन्। 


 

कमेन्ट लोड गर्नुस