कैलालीमा ब्राउन सुगर सहित २ जना पक्राउ

२०७८ असार २०, ०९:२९
धनगढीः कैलालीमा ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका १ सुखड बस्ने २३ वर्षिय विशाल थापा र वडा नम्बर १ शानितजगर बस्ने १९ वर्षिय श्याम मगर पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ९ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर, ८९ हजार ५ सय नेपाली पैसा, २३ हजाार ५०० हहजार भारतीय पैसा र ४ थान मोवाइल फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनएको छ।
उनीहरुलाई जिल्ला अदाालत कैलालीबाट म्याद थपगरी अनुशन्धान भइरहेको प्रहरीले बताएको छ।


कमेन्ट लोड गर्नुस