सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रकले दुईवटा स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

२०७८ असार २०, ०६:५४ रासस

चितवन: ट्रकले दुईवटा स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। 

चितवनमा फलाम बोकेको ट्रकले दुईवटा स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तनहुँ देवघाट–१ की ४२ वर्षीया चिनिमाया पौडेलको मृत्यु भएको हो।

सोहि स्कुटर चालक ३५ वर्षीय पुष्पराज बास्तोला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

यस्तै अर्का स्कुटर चालक तनहुँ देवघाट गाउँपालिका–५ बस्ने ३० वर्षका तिलबहादुर गुरुङ र पछाडि सवार सोही ठाउँका ३५ वर्षकी सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस