सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक अनादर र वन मुद्दामा फरार कैलालीका ३ जना पक्राउ

२०८२ जेठ ८, ०७:२२ खबर संवाददाता

धनगढीः चेक अनादर र वन मुद्दामा फरार कैलालीका ३ जना पक्राउ परेका छन्। वन मुद्दामा ३३ हजार २६० जरिवाना तोकिएको कैलारी गाउँपालिका-९ बस्ने २३ वर्षीय मुक्तीराम चौधरी पक्राउ परेका छन्।

यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका-१ ब्लक 'बि' बस्ने ४१ वर्षीय दिलिपबहादुर रावल र सोही मुद्दामा १ हजार जरिवाना तोकीएको टीकापुर नगरपालिका-६ बस्ने ३५ वर्षीय महेश बिश्‍वकर्मा पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस