सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका वडाध्यक्ष ऐरले ३ बालबालिकालाई निःशुल्क पढाउने

२०७८ असार २०, ०६:०६ खबर संवाददाता

धनगढी: धनगढीका उप–महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरले ३ बालबालिकालाई निःशुल्क पढाउने भएका छन्।

धनगढीमै रहेको दृष्टि फाउण्डेसनका ३ बालबालिकालाई वडाध्यक्ष ऐरले निःशुल्क पढाउने भएका हुन्। सडक जिवन बिताईरहेका आमाहरुबाट जन्मिएका ती बालबालिकालाई पढाउने जिम्मा लिएको वडाध्यक्ष ऐरले बताए। 

उप–महानगरपालिकाको वडा नम्बर ७ स्थित जेम्स एकेडेमीमा अध्ययन सुरु गरेका तीनै बालबालिकालाई कक्षा ८ सम्म निःशुल्क पढाउने उनले बताए। 

वडाध्यक्ष ऐरले बालबालिकालाई पढाउने जिम्मा लिएपछि दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले खुसी व्यक्त गरेकी छिन्। 
 

कमेन्ट लोड गर्नुस