सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरबेटी र शिक्षामन्त्री श्रेष्ठविरुद्ध रूपा सुनार सर्वोच्च पुगिन्

२०७८ असार २०, ०६:०१ खबर संवाददाता

काठमाडौं: जातीय कारणले काठमाडौंमा कोठा नपाएकी संचारकर्मी रुपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका नाममा सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।

आफूलाई कोठा भाडामा नदिने घरबेटीसहित ती घरबेटीलाई प्रहरी हिरासतबाट छुटाएर ल्याउने मन्त्री श्रेष्ठ, आफ्नो उजुरीलाई अदालतसम्म नलैजाने सरकारी वकिल र प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर रुपाले आइतबार सर्वोच्चमा रिट दायर गरेकी हुन्। 

विपक्षी सबैलाई जातीय छुवाछुतको कसुरमा कारबाही गर्नुपर्ने रुपाले माग गरेकी छिन्। रुपालाई बबरमहलकी एक महिलाले जातीय कारणले कोठा भाडामा नदिने भनेपछि उनी त्यसविरुद्ध उजुरी लिएर प्रहरीमा गएकी थिइन्। प्रहरीले प्रयाप्त प्रमाण नभएको भन्दै ती घरबेटीलाई साधारण तारेखमा छोडेको थियो। 

कमेन्ट लोड गर्नुस