सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोहोरोको छाला काटेर टिकटक बनाउने महिला पक्राउ

२०७८ असार २०, ०५:१९ खबर संवाददाता

धादिङ: धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ।

धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी पक्राउ परेकी हुन्।

अवैध वन्यजन्तुको सिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई जिल्ला वन कार्यालयको टोलीले प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले जानकारी दिए।

कमेन्ट लोड गर्नुस