सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेता कार्यकर्ता रिहा नभएकोमा विप्लव समूह असन्तुष्ट

फाइल फोटो
फाइल फोटो
२०७८ असार २०, ०५:०९ खबर संवाददाता

काठमाडौं: नेकपा विप्लव समूहले सहमतिअनुसार नेता कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएको छ। नेकपा विप्लव समूहका नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको गुनासो गर्दै असन्तुष्टि जनाएका हुन्।

सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो, जसमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने उल्लेख छ।

सहमतिअनुसार केही नेता कार्यकर्ता छुटेपछि थुप्रै बाँकी रहेको विप्लव समूहको दाबी छ।

कमेन्ट लोड गर्नुस