धनगढीमा अनियमित विद्युत कटौती रोक्न ध्यानाकर्षण, नरोकिए आन्दोलन गर्ने

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भईरहेको अनियमित विद्युत कटौती रोक्न युवा संघ नेपाल कैलालीले ध्यानाकर्षण गराएको छ। आईतबार जिल्ला प्रशासन कार्यालय कैलालीलाई विद्युत कटौतीले जनतालाई सास्ती भएको भन्दै विद्युत कटौती रोक्न ध्यानाकर्षण गराएको हो।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अनावश्यक रुपमा विद्युत कटौती हुदा जनतालाई सास्ती भएको छ। सरकारी तथा गैरसरकारी संस्थालाई दैनिक काम गर्न असहज भएको छ। त्यसैले विद्युत कटौती रोक्न माग गरेका हौ।’ सो कार्य नरोके युवा संघले आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।


